सोमवार, जेष्ठ ७, २०८१

प्रधानाध्यापक हत्या प्रकरण : एक महिलासहित ६ जना पक्राउ,अनुसन्धान जारी

काठमाडौं कार्तिक १४,
कलैयास्थित बाल एकता इङ्गलिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारको गोली आनी सोवार भएको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक महिलासहित ६ जनालाई पक्राउ गरेको छ।

स्वर्णकारको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले स्वर्णकारकै स्कुलमा पहिले पढाउने २५ वर्षीया पूर्वशिक्षिका सहित ६ जनालाई पक्राउ गरेको हो।

कलैया उपमहानगरपालिका९६ मदरशा टोलस्थित बाल एकता इंग्लिश बोर्डिङ स्कुलका प्रधानाध्यापक गुड्डु भनिने रूपेश स्वर्णकारको सोमबार दिउँसो साढे १२ बजेतिर अपरिचित समूहले गोली हानी हत्या गरेको थियो।

बारा प्रहरीका अनुसार पछिल्ले समय तीन जना नेपाली र तीन जना भारतीय नागरिकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाउ सहित आपसी सम्बन्ध र रिसिबीको कारण स्वर्णकारको हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ।

सोमबार दिउँसो दुई वटा मोटरसाइकल चढेर आएका चारजनाको समूहले स्वर्णकारमाथि गोली प्रहार गरेर भागेको प्रहरीले घटनास्थालको अध्यननको क्रममा पत्तालागेको जानकारी दिएको छ ।