सोमवार, जेष्ठ ७, २०८१

महासचिव एन्टोनियो गुटेरेसले आज अपरान्ह संघीय संसद्‍का दुवै सदनलाई सम्बोधन गर्ने

काठमाडौं कार्तिक १४,
नेपालको चारदिने औपाचारिक भ्रमणमा भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज अपरान्ह बस्ने संघीय संसद्‍का दुवै सदनलाई सम्बोधन गर्ने भएका छन् ।

प्रतिनिधिसभा नियमावलीमा कुनै विदेशी राष्ट्रको राष्ट्रप्रमुख, सरकार प्रमुख, सभामुख, अध्यक्ष वा संयुक्त राष्ट्रसंघका महासचिवले बैठकलाई सम्बोधन गर्ने व्यवस्था रहे अनुसार सरकारको निर्णय अनुसार सभामुखले सम्बोधनको व्यवस्था मिलाएको हो ।  सोहि व्यवस्था अनुसार यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा पनि संसद् बैठकलाई सम्बोधन गर्नुभएको थियो ।

 महासचिव गुटेरेसले साँझ ४ बजे सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछन् । उनले सम्बोधन गरेपछि संसद्ले धन्यवाद प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संसद सचिलायले जनाएको छ ।  त्यस्तै महासचव गुटेरेसको सम्बोधन लगत्तै संसद् भवन परिसरमै पत्रकारसँग साक्षात्कार गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।