सोमवार, जेष्ठ ७, २०८१

तलेजु भवानीको दर्शनको लागि प्रातकालदेखिनै भक्तजनको भीड

काठमाडौ कार्तिक ६,
आज वडा दशैं अन्र्तगत असोज शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा गरी बलि दिएर देशभर नेपालीहरुको महानवमी पर्व मनाइँदै छ ।

त्यस्तै आज सर्वसाधारणका लागि वर्षमा एकपटक महानवमीका दिनमात्र दर्शनका लागि खुल्ने राजधानीको हनुमानढोका दरवारस्थित देवी तुलजा भवानीको मन्दिर अर्थात तलेजु भवानीको दर्शन तथा पूजा अर्चनाको लागि प्रातकालदेखिनै भक्तजनको भीड लागेको छ ।

तलेजु भवानी दर्शनका लागि लाममा लागेकाहरुलाइ सहजता पूर्वक देवीको दर्शन गर्न दिइन्छ । सर्वसाधारणलाई भवानीको दर्शनका लागि इन्द्रचोक र न्यूरोडतर्फबाट गरी दुईतिरबाट लाइन लगाइएको छ।

त्यस्तै आजै जिवीत देवी कुमारीलाई पनि तुलजा भवानीको दर्शन गराइने परम्परा अनुरुप राजधानीको हनुमानढोका दरवारस्थित देवी तुलजा भवानीको मन्दिरमा आज जिवीत देवी कुमारीलाई दर्शन गराइने भएको छ ।

तुलजा देवीको दर्शनका लागि श्री कुमारीलाइ बसन्तपुरस्थित कुमारीघरबाट विधि पूर्वक कुमारीलाई तलेजु मन्दिर लैजाने कार्यक्रम रहेको थाहा भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30