सोमवार, जेष्ठ ७, २०८१

भगवती दुर्गाको नवौं रूप सिद्धिदात्रीको पूजाअर्चना सहित महानवमीपर्व मनाइँदै

ॐ सिद्धिदात्र्यै नम: 

काठमाडौ कार्तिक ६,
आज वडा दशैं अन्र्तगत असोज शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा गरी बलि दिएर देशभर नेपालीहरुको महानवमी पर्व मनाइँदै छ । असोज शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आवाहन गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना सहित भगवती दुर्गाको नवौं रूप सिद्धिदात्रीको पूजा–अर्चना  गरिन्छ ।

महानवमीका दिनमा दसैँघर र विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवीस्तोत्र पाठ गरिन्छ । त्यस्तै आजको दिन पशुबलि नदिनेहरूले भने आज कुभिन्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् ।

अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ ।

प्रतिपदादेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा सप्तशती पाठ गरी विजयादशमीका दिन विसर्जन गर्ने चलन छ । सो कलशको जल अभिषेक गरी टीका–प्रसाद लगाउनाले वर्षभरि नै सुख, शान्ति र आरोग्य मिल्ने जनविश्वास रहेको   छ ।

त्यस्तै आजको दिन वर्षमा एक पटक प्रत्येक वर्ष असोजशुक्ल नवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिने हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर आज एक दिनमात्र सर्वसाधारणका लागि खुला गरिँदै छ । साथै महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30