सोमवार, जेष्ठ ७, २०८१

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले कात्तिक १ मा विश्वासको मतका लागि अपिल गर्ने

माओवादी केन्द्रले कार्कीलाई विश्वासको मत दिने, काँग्रेस भने छलफलमानै

काठमाडौं असोज २९ ,
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले कात्तिक १ गते प्रदेशसभामा विश्वासको मतका लागि अपिल गर्ने भएको छ।

मुख्यमन्त्री कार्कीले कार्कीले विश्वासको मतको लागि अपिल गर्ने भएसंगै गत असोज २० गते स्थगित भएको प्रदेशसभाको कात्तिक १ गते बैठक आव्हान गरिएको छ। प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै असोज २० गते स्थगित प्रदेश सभा बैठक कात्तिक १ गते बुधवार दिनको ११ बजेका लागि बस्ने सूचना जारी गरेको हो ।  कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले आफू नियुक्त भएको एक हप्ताभित्रै विश्वासको मत लिने तयारी गरेका हुन् ।

यसअघि नियुक्त भएका मुख्यमन्त्रीहरूले विश्वासको मतका लागि नियुक्त भएको ३० औँ दिन कुर्ने परम्परालाइ क्रमभंग गर्दै कार्कीले नियसक्त भएको एकसातामानै विश्वासको मतको अपिल गर्न लागेको हो ।  स्मरण रहोस नेपाली काँग्रेसका नेता कार्की एमालेका ३९ र कांग्रेसका ८ सांसद समर्थनमा पार्टीगत विद्रोह गर्दै मुख्यमन्त्रीमा नियुक्त भएका हुन ।

यसैबीच नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ भने नेपाली काँग्रेसले भने मन्त्रिपरिषद विस्तारमा कुनै सल्लाह नगरेको भन्दै पदाधिकारी बैठकमा पार्टी सभापति शेरवहादुर देउवाले कार्कीले गल्ती नसच्याए विश्वासको मत दिने विषयमा पनि सोच्नुपर्ने जनाउ दिनुभएको थाहा भएको छ।

यद्यपी सभापति देउवाको उक्त भनाइपछि बैठकमा सहभागी अन्य पदाधिकारीले भने छलफलबाट समाधान निकाल्नुपर्ने बताएको बुझिएको छ। साथै मंगलवारबस्ने पदाकिार िबैठकले कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाइ विश्वासको मत दिने नदिने विषयमा निर्णय गर्ने बुझिएको छ ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30