सोमवार, जेष्ठ ७, २०८१

कोशी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेस नेता कार्की नियुक्त, आइतवार सपथ

 प्रदेशसभा संसदीय दलको नेता थापाको राजीनामा

 काठमाडौं असोज २७,
कोशी प्रदेशको आठौं काँग्रेस नेता मुख्यमन्त्रीमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार केदार कार्की नियुक्त भएका छन् ।
कांग्रेस प्रदेशसभा सदस्य निर्वाचित भएका कार्कीले कांग्रेसकै निर्णयविरुद्ध विद्रोह गर्दै कांग्रेसका ८ प्रदेशसभा सदस्यसहित एमालेसँग मिलेर मुख्यमन्त्रीको दाबी पेस गरेकाहो ।

आज प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा समर्थन गरेका प्रदेशसभा सदस्यहरूको सनाखत गर्ने क्रममा कार्कीको बहुमत पुगेपछि उनलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । नवनियुक्त मुख्यमन्त्री कार्कीले पद तथा गोपनियताको शपथ आइतबार लिने छन् ।

मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले ४७र४७ सांसदको समर्थन सहित मुख्यमन्त्रीको दाबी पेस गरेपछि प्रदेश प्रमुखले हस्ताक्षर सनाखत गर्ने निर्णय लिएको र सनाखतको क्रममा कार्कीले ४७ प्रदेश सभा सदस्यको समर्थन पुष्टि गरेसंगै उनलाई मुख्य मन्त्री नियुक्त गरिएको हो ।

यसैवीच नेपाली कांग्रेस कोशी प्रदेशमा देखिएको राजनैतिक उतारचढावसंगै संसदीय दलका नेता उद्धव थापाले पदबाट राजीनामा दिएका छन् । पार्टीका प्रदेश सभापति समेत रहेका थापाले संसदीय दलको नेताबाट आज राजीनामा दिनु भएको हो । नेपाली कांग्रेसका २९ जना प्रदेश सभा सदस्यमध्ये आठ जनाले कार्कीलाई समर्थन गर्दै पार्टी र प्रदेशसभा संसदीय दलको निर्णय विपरीत मुख्यमन्त्रीमा एमालेको सहयोगमा दावी गर्दै मुख्यमन्त्री समेत नियुक्त भएपछि थापाले नैतिकताका हिसाबले पदबाट राजीनामा दिएका हुन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30