सोमवार, जेष्ठ ७, २०८१

कोशी प्रदेशको मुख्यमन्त्रीको नाममा सहमति खोज्दै कांग्रेस-माओवादी

काठमाडौं असोज २५,
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको गठबन्धन दलको अनौपचारिक बैठकमा कोशी प्रदेशको मुख्यमन्त्रीमा सत्तारुढ गठबन्धन दलमा कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा र माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोको नाममा छलफल भएको छ ।

आङ्बो र थापाको नाममा भएको छलफलमा कांग्रेसले थापको पक्षमा आफ्नो अडान राख्दै गर्दा आङ्बोको पक्षमा बढ्दो सहमतिको संभावनालाइ स्वीकार गनेृ मानसिकता बनाएको बुझिएको छ।  गठबन्धनको ठूलो दलको हैसियतले नेतृत्वको दाबी गर्नु स्वभाविक रहेको जनाउ संगै बैठकमा सहमभागी काँग्रेस नेताहरुले सहमतिका लागि कांग्रेस बाधक नहुने बताउनुनै आङ्बोको पक्षमा सहमतिको संभावना बन्नु रहेको राजनैतिक पडितहरुले बताएका छन ।

आवको चरणमा पनि कोशी प्रदेश सरकारले स्थायीत्व पाउँन सकेन भने मध्यावधिमा जानको विकल्प नरहेको भन्दै ती पण्डितहरुले भने सत्ता गठबन्धन राप्रपासमेतलाइ सहमभागी गराउँदै प्रदेश प्रमसखले दिएको समयसिमा भित्र सरकार गठन गर्नु पर्ने बताए ।

 स्मरण रहोस,  कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।  कोशी मुख्यमन्त्री हिक्मत कार्कीले आज ृशनिबारे पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम असोज २६ गते अपराह्न ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30