सोमवार, जेष्ठ ७, २०८१

काठमाडौ उपत्यकाका केही स्थानमा कात्तिक ४ गतेसम्म विद्युत् आपूर्तिमा अवरुद्ध हुने

काठमाडौँ असोज २५,
नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाका केही स्थानमा कात्तिक ४ गतेसम्म विद्युत् अवरुद्ध हुने जनाएको छ ।

प्राधिकरणले केहि दिनयतादेखि विद्युत् आपूर्तिमा हुँदै आएको अवरुद्धताको जानकारी दिदै आज जारी एक सार्वजनिक सूचनामार्फत काठमाडौँ ग्रिड महाशाखा अन्तर्गतको लैनचौरस्थित ६६/११ केभी सब स्टेसनमा हुँदै गरेको स्तरोन्नतिका कारण विद्युत् आपूर्ति प्रभावित भएको जनाएको छ।

त्यस्तै प्राधिकरणले लैनचौरस्थित ६६/११ के.भी. सब स्टेसनमा जारी स्तरोन्नतिका कारण यस सब स्टेसनबाट सञ्चालित सामाखुसी, ठमेल, लाजिम्पाट र पानी पोखरी क्षेत्रमा विद्युत् आपूर्ति गर्न भृकुटीमण्डप, कमलपोखरी, डिल्लीबजार, क्षेत्र पाटी, असन, महाबौद्ध, न्युरोड, पुतलीसडक, गोङ्गबु, रानीबारी र बालुवाटार क्षेत्रबाट वैकल्पिक व्यवस्था गरिएका कारण विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30