सोमवार, जेष्ठ ७, २०८१

नेपाली विद्यार्थीको उद्धारका लागि ने.ए.को जहाज विहानै इजरायल उड्यो

काठमाडौं असोज २५,
युद्धग्रस्त इजरायलमा रहेका नेपाली विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज पठाइएको छ । गत शनिबार बिहान गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । हमासको आक्रमणमा परी घाइते भएका चार नेपालीको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको दूतावासले जनाएको छ । साथै बेपत्ता रहेका एक नेपालीको खोजी कार्य भइरहेको जानकारी दिएको छ ।

इजरायलमा रहेका नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल एयरलाइन्सको जहाजमार्फत परराष्ट्रमन्त्री एनपी साउद र परराष्ट्र मन्त्रालयका एक सहसचिवको टोली आज बिहान ४ बजेर ४ मिनेटमा काठमाडौंबाट दुबई ट्रान्जिट हुँदै इजरायलका लागि उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

नेपालबाट उडेको जहाज दुबई ट्रान्जिट भएर जाने भएकाले करिब ७ घण्टा पछि इजरायल पुग्ने र उद्धारको पर्खाइमा रहेका नेपाली विद्यार्थीलाई विमानस्थल नजिकै बसेको जनाउँदै नेपाली विद्यार्थीलाई लिएर जहाज आजै नेपाल फर्किने जनाइएको छ ।

 चार्टर्ड विमानमा २५० जना र स्वदेश फर्कन अनलाइनमार्फत फारम भरेका ३५० भन्दा बढी नेपाली विद्यार्थीलाइ सरकारी खर्चमा नियमित उडानबाट नेपाल फर्काउने तयारी रहेको बताइएकोछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30