सोमवार, जेष्ठ ७, २०८१

प्रम प्रचण्डले भने- खेल क्षेत्रको प्रवर्द्धनका लागि कुनै कसर बाँकी राख्दिनँ

विजयी खेलाडीलाई बधाई ज्ञापन

काठमाडौं असोज २४,
प्रधानमन्त्री प्रचण्डले खेल क्षेत्रको प्रवद्र्धनका लागि आफू सरकार प्रमुखको हैसियतले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । आज साँझ सरकारी निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा चीनमा आयोजित १९ औं एसियाली खेलकूदमा विजयी खेलाडीहरुलाई बधाई ज्ञापन गर्नुहुँदै प्रधानमन्त्रीले आउने दिनमा अझै ठुलो सफलता प्राप्त गर्नेगरी लाग्न शुभकामना दिनुभयो । उहाँले यसपटकको एसियाली खेलकूदमा महिलाहरुको प्रस्तुति नौलो भएको उल्लेख गर्दै आउने दिनमा अझै ठूला सफलता प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले आफु खेलाडीलाई हौसला प्रदान गर्न होङजाओ पुगेर एसियाली गेम्स उद्घाटनमा सहभागी भएको स्मरण गर्दै विजेता खेलाडीलाई उचित पुरस्कार दिने काममा आफू लागेको बताउदै उहाँले ‘केही कानुनी जटिलताले ढिलाइ भएपनि त्यसको पनि समाधान भइसकेको बताउनुभयो ।
साथै उहाँले चीन जाने बेलामा आफूले महिला सहभागिता देखेर बधाई दिएको थिएँ । अहिले महिलाले नै मेडल र रेकर्ड बनाउनुभयो । तपाईंहरूलाई बधाई दिन चाहन्छु भन्दै नेपाललाई विश्वले देखेको छ, सुनेको छ । तपाईंहरूले पनि विश्व रेकर्ड बनाएर नेपालको नाम स्थापितगर्दै नेपाललाई विश्वले देख्ने र सुन्ने स्थानमा पुर्याउान सफल भएकोमा आफूलाई खुसी र गर्वको महशुस भएको बताउनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30