सोमवार, जेष्ठ ७, २०८१

संसदीय समितिको बैठक: मनी लाउन्डरिङ सम्बन्धी विधेयक पारित

काठमाडौं असोज २४,
प्रतिनिधिसभा मातहतको कानून, न्याय तथा मानवअधिकार समितिको आज बसेको बैठकले सम्पत्ति शुद्धीकरण [मनी लाउन्डरिङ] सम्बन्धी विधेयक पारित गरेको छ ।

सम्पत्ति शुद्धीकरण निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक संशोधनसहित पारित गरेको हो । समिति सभापति विमला सुवेदी उक्त विधेयकका सम्बन्धमा उपसमितिले दिएको प्रतिवेदनका केही विषयको संशोधनसहित पारित गरिएको जानकारीसंगै विधेयकको दफा १८ को उपदफा २ का उल्लेख सहकारीमा व्यक्तिगत बचतको सीमासम्बन्धी व्यवस्था हटाइ जानकारी दिनुभयो ।

पारित विधेयक आव उनले उक्त विधेयक प्रतिनिधिसभाको बैठकमा पेश गरिने समेत उहाँले बताउनुभयो ।