सोमवार, जेष्ठ ७, २०८१

नेपाल र जर्मनी सरकारवीच द्विपक्षीय श्रम समझदारीमा हस्ताक्षर

काठमाडौ असोज २४,
नेपाल र जर्मनी सरकारबिच द्विपक्षीय श्रम समझदारीमा हस्ताक्षर भएकोछ । जर्मनी नागरिकसरह सेवा सुुविधा पाउने गरी नेपालबाट प्रशिक्षार्थी श्रमिक लैजाने विषयमा सम्पन्न भएको छ ।

जर्मनीमा मङ्गलबार सम्झौता पत्रमा नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी नेतृत्वको प्रतिनिधि मण्डल र जर्मनी सरकारको तर्फबाट त्यहाँको मानव संसाधन मन्त्रालयका उच्च प्रतिनिधिले श्रम समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो । यसअघि नेपालले युरोपेली देश रोमानियासँग द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर गरेको थियो ।

जर्मनी सरकारसँग भएको श्रम समझदारी अनुसार सरकारीस्तरबाट आवेदन माग गर्दै स्वीकृत भएका जर्मनी जाने आवेदकले श्रमिकले आफ्नो रुचि र क्षमता अनुसार सिप सिकेर पास भएपछि मात्रै सम्बन्धित क्षेत्रमा काम गर्न सक्ने समझदारीपत्रमा उल्लेख गरिएको छ। प्रस्तुत समझदारी अनुसार अवको दिनमा रोजगारीका लागि जर्मन जान चहनेहरुको लागि मार्ग प्रसस्त भएकोछ । यसअघि नेपालबाट अध्यननका लागिमात्र विधार्थीहरु जर्मन जाने गरिन्थ्यो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30