सोमवार, जेष्ठ ७, २०८१

आजदेखि एमाले मधेस प्रदेशको पहिलो अधिवेशन सुरु हुँदै

काठमाडौ असोज २४,
नेकपा एमाले मधेस प्रदेशको पहिलो अधिवेशन आज सुरु हुँदैछ। जनकपुरधामस्थित महेन्द्र नारायण निधी मिथिला सांस्कृतिक केन्द्रमा हुने अधिवेशनको अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

एमालेले आफ्नो प्रथम मधेस अधिवेशनका लागि ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेसको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ भन्ने मूल नारा तय गरेको छ।

अधिवेशनमा मधेस प्रदेशका ८ जिल्लाका १ हजार २७ प्रतिनिधि सहभागी हुने अधिवेशनले दुई सय १० सदस्यीय प्रदेश कमिटी चयन गर्ने एमालेले जनाएको छ। नेतृत्वका लागि सर्लाहीका राजनारायण साह , ताराकान्त चौधरी, रेवती पन्त र चन्देश्वर मण्डल र धनुषाका लक्ष्मीनारायण यादवले अध्यक्ष पदका लागि आकंक्षा प्रकट गरेको थाहा भएको छ ।