सोमवार, जेष्ठ ७, २०८१

इजरायलमा मृत्यु भएका नेपाली विद्यार्थीको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै

काठमाडौ असोज २३,
गत असोज २० गते प्यालेस्टाइनको हमास लडाकु समूहले दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा गरेको आक्रमणमा परी मृत्यु भएका नेपाली विद्यार्थीको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदैछ । सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान संकाय सकेर काम सिक्न इजरायल पुगेका ४९ विद्यार्थीमध्ये १० जनाको आक्रमणमा परी निधन भएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आक्रमणमा परेर मृत्यु भएका १० नेपाली विद्यार्थीको दु स् खद् निधन प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै आज राष्ट्रिय शोकको घोषणा गरेको हो । यसका साथै राष्ट्रिय झन्डा आधा झुकाउने पनि मन्त्रिपरिषदले निर्णय गरेको छ । आज सरकारी कार्यालय र विदेशस्थित नेपाली दूतावास तथा कूटनीतिक नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइने छ ।

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले गरेको १ बुँदे निर्णय मा अकल्पनीय घटनामा दिवङ्गत हुनुभएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30