सोमवार, जेष्ठ ७, २०८१

महानगरबासीलाई निःशुल्क रगत र रक्ततत्व उपलब्ध गराउने

महानगर र नेपाल रेडक्रसवीच सम्झौता: 

काठमाडौं असोज २३,
काठमाडौं महानगर र नेपाल रेडक्रस सोसाइटीवीच महानगरबासीलाई निःशुल्क रगत र रक्त तत्व उपलब्ध गराउने सम्झौता भएको छ ।

महानगर प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डंगोलको रोहवरमा महानगरपालिकाका तर्फबाट स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेल र नेपाल रेडक्रस सोसाइटीकातर्फबाट उपमहामन्त्री मनोजकुमार थापाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौता अनुसार महानगरपालिका बासीलाई उपलब्ध गराइने रगतको व्यवस्थापनका लागि रक्त सञ्चार सेवालाई प्रति युनिट १ हजार १६० रुपैयाँ र क्रस म्याच गराउनु परे थप २ सय रुपैयाँ उपलब्ध गराइने छ भने सेवा लिनका लागि महानगरपालिकाको स्थायी बासिन्दा भएको प्रमाण पेश गर्नुपर्नेछ । नागरिकता, मतदाता परिचय पत्र, बसाइँसराइ आएको प्रमाण पत्र, जन्म दर्ता, विवाह दर्ताका प्रमाण पत्रजस्ता काजगमध्ये कुनै एउटा पेश गरे हुनेछ । यस्ता कागजलाई विरामी वा विरामीका आफन्तले प्रमाणित गर्नुपर्नेछ ।

त्यस्तै आकस्मिक र आपतकालीन अवस्थामा प्रमाण दिएर सेवा लिन नसक्ने अवस्था भएमा तिरिएको शुल्क प्रमाणका आधारमा शोधभर्ना दिइने उल्लेख  गरिएकोछ।

साथै सम्झौता पत्रमा महानगरले पहिलो चरणमा ३ लाख रुपैयाँ उपलब्ध गराउनेछ । केन्द्रीय रक्त सञ्चार सेवाले हरेक ३ महिनामा महानगरपालिकामा खर्च विवरण पठाउनेछ । निकासा गरिएको ८० प्रतिशत रकम सकिएपछि रक्त सञ्चारले प्रतिवेदन पेश गर्नेछ । यसका आधारमा महानगरपालिकाले थप निकासा दिने उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30