सोमवार, जेष्ठ ७, २०८१

सर्वदलीय बैठक- स्वदेश फर्कन चाहने नेपालीलाई विमान चार्टर गरेर ल्याउँछौं : प्रधानमन्त्री

नेपालीको उद्धारमा लाग्न सरकारलाई दलहरुको सुझाव

काठमाडौं असोज २२,
प्रधानमन्त्री प्रचण्डले इजरायलमा हमासको आक्रमणको चपेटामा परेर इजरायलको बंकरमा ज्यान जोगाएर बसिरहेका नेपाली विद्यार्थीहरूसंगै अन्यत्र विभिन्न स्थानमा अलपत्र परेका नेपालीको उद्धारका लागि सरकारले आवश्यक सबै तयारी गरिसकेको जानकारी दिदै नेपाल फर्कन चाहनेलाई विमान चार्टर गरी ल्याउने मन्त्रिपरिषद्ले निर्णय गरिसकेको बताउनुभएकोछ ।

 त्यस्तै प्रधानमन्त्री प्रचण्डको आव्हानमा आज भएको सर्वदलीय बैठकमा इजरायलमा भएको आतङ्कवादी आक्रमणका कारण अकल्पनीय घटनामा दिवङ्गत हुनुभएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न मंगलवार राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय संगै मृतक नेपालीहरुको शव यथाशीघ्र स्वदेश ल्याउने र नेपाल फर्कन चाहनेलाई विमान चार्टर गरी ल्याउने तयारी समेत भएको बताउनुभयो ।

साथै बैठकमा प्रम प्रचण्ढडले राष्ट्रिय शोकको घडीमा राजनीतिक दल, नागरिक समाज एकाकार भएर सरकारप्रति ऐक्यबद्धता प्रकट गरेकामा सबैप्रति कृतज्ञता ज्ञापनसंगै सङ्कटको यो समयमा राष्ट्रिय सहमतिका लागि ऐक्यबद्धता प्रकट गर्नुभएका सबै राजनीतिक दल, नागरिक समाजप्रति आभार समेत व्यक्त गर्नुभयो।

त्यस्तै बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले सरकारले गरेको कामबारे जानकारी दिनुभयो ।

आजको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्का उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खडका, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधिको सहभागीता रहेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30