सोमवार, जेष्ठ ७, २०८१

मधेश प्रदेशका तत्कालीन मन्त्री विजय कुमार सहित सात जनाविरुद्ध १८ करोडको भ्रष्टाचार मुद्दा

झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको रकम हिनामिना प्रकरण

काठमाडौं असोज २१ ,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको रकम हिनामिना गरेको अभियोगमा मधेश प्रदेशका तत्कालीन आर्थिक मामिलामन्त्री विजय कुमार सहित सात जनाविरुद्धआज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रतिष्ठानको सहकार्यमा सञ्चालित एन्टी–भेनम प्रोडक्सन् एण्ड रिसर्च सेन्टर, नेपाल एपीआरसीएन स्थापना, व्यवस्थापन र सञ्चालन गर्ने क्रममा भएको अनियमितताको अनुसन्धानको क्रममा १७ करोड ९८ लाख ३३ हजार बराबरको सरकारी सार्वजनिक सम्पत्ति हानिनोक्सानी, दुरुपयोग भएको पुष्टि भएसंगै आयोगले मुद्दा दायर गरेको हो ।

आयोगले दायर मुद्धामा तत्कालीन प्रदेशमन्त्री विजय कुमार, आर्थिक मामिला सचिव प्रेमकुमार श्रेष्ठ, लालबन्दी नगरपालिकाकाका तत्कालीन नगरप्रमुख मानबहादुर खड्का तथा खनाल प्रतिष्ठानका अध्यक्ष, महासचिव, कोषाध्यक्ष र सदस्य गरी सात जनाविरुद्ध १७ करोड ९८ लाख ३३ हजार बिगो माग दावी गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30