सोमवार, जेष्ठ ७, २०८१

चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा, चिनी प्रतिकिलो ९७ रुपैयाँमै

काठमाडौं असोज २१ ,
आसन्न चाडपर्व लक्षित हुँदै सरकारले आजदेखि   सुपथ मूल्य पसल सञ्चालनमा  ल्याएको  छ।   मङ्सिर पहिलो सातासम्म चल्ने सुपथ मूल्य पसलमार्फत   आम उपभोक्ताले बजारमूल्य भन्दा केहि छुटमूल्यमा खाद्यान्न संगै बजारमा अनियन्त्रित मूल्य रहेको चिनी समेत ९७ रुपैयाँमै खरिद गर्न पाउँने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

पछिल्लो समय बजारमा चिनीको मूल्य प्रतिकिलो १३० रुपैयाँसम्म पुगेको छ । दसैँ र तिहार तथा छठको अवसरमा व्यापारीले चिनी प्रतिकिलो एकै पटक २५ रुपैयाँ सम्म बढाउँदै लुट मच्याउँदै आइरहेको अवस्थामा साल्ट ट्रेडिङ कर्पोरेशनले ९७ रुपैयामै उपभोक्तालाइ चिनी उपलब्ध गराउँन लागको हो ।

त्यस्तै नुन प्रतिकिलो २ रुपैयाँ छुटको व्यवस्था गरिएको छ भने तेल र चिउरामा प्रतिकिलो र प्रतिलिटर ७ रुपैयाँ छुटको व्यवस्था गरिएको साल्ट ट्रेडिङले जनाएको छ।

यस्तै दुग्ध विकास संस्था मातहत बिक्री हुने घ्यूमा प्रतिकिलो २० रुपैयाँ, २०० ग्राम पनिरमा २० रुपैयाँ र ५०० ग्राम पनिरमा ५० रुपैयाँ छुट गरेको छ भने  खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत बिक्री हुने सबै प्रकारका चामल, मैदा, दाल, गहुँ, तोरी, भटमास र सूर्यमुखी तेलमा प्रतिलिटर ७ रुपैयाँ छुटमा विक्री हुने जनाएको छ।

प्राप्त जानकारी अनुसार उपभोक्ताको सहजताका लागि काठमाडौँ उपत्यका र बाहिर गरी ४९ बिक्री स्थलमार्फत सहुलियत पसल सञ्चालनमा आउने बताइएकोछ । त्यस्तै   चाडपर्व लक्षित सहुलियत पसलको आज एक कार्यक्रमकावीच   उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले  औपचारिक उद्घाटन गर्नेकार्यक्रम  रहेको  बुझिएको  छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30