सोमवार, जेष्ठ ७, २०८१

कोशी प्रदेशमा २६ गते अपराह्न ५ बजेभित्र नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको आह्वान

काठमाडौं असोज २० ,
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।  कोशी मुख्यमन्त्री हिक्मत कार्कीले आज [शनिबार] पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम असोज २६ गते अपराह्न ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको हो ।

 सर्वोच्च अदालतको परमादेशपछि गत भाद्र २२ गते कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्थाअनुसार उनले शनिबार विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक बोलाइए पनि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रस्ताव फिर्ता लिँदै राजीनामा घोषणा गरे पछि प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ मुख्यमन्त्री नियुक्तिका लागि आव्हान गरेको हो ।   प्रदेश प्रमुख खापुङले गर्नुभएको आव्हान पत्रमा मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गर्नका लागि कोशी प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने प्रदेश सभाका कुनै सदस्यलाई तोकिएको समयभित्र दाबी पेस गर्न आह्वान प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

स्मरण रहोस,  संविधानको धारा १६८ को उपधारा ५ मा कुनै दलको स्पष्ट बहुमत नभएको अवस्था, दुई वा दुईभन्दा बढी दलको मिलिजुली सरकार र प्रदेशसभाको ठूलो दलको सरकारले विश्वासको मत नपाएको अवस्थामा सभाको बहुमत प्राप्त गर्ने सक्ने व्यक्ति मुख्यमन्त्री नियुक्त हुने व्यवस्था छ ।

 अहिलेको प्रदेशसभामा रहेका ९३ सदस्यमध्ये बहुमतका लागि ४७ सदस्य चाहिन्छ । कोशीमा एमालेका उपसभामुखसहित ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक प्रदेशसभा सदस्य रहेका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30