सोमवार, जेष्ठ ७, २०८१

वडादसैँ लक्षित हुँदै आगामी सोमवार देखि अग्रिम टिकट बुकिङ खुला हुने

काठमाडौं असोज २० ,
नेपाली मात्रको महान पर्व वडादसैँ लक्षित हुँदै आगामी सोमवार देखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपछि २२ असोजदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको हो ।

अग्रिम टिकट बुकिङ खुल्ला गरिएसँगै यात्रुको चाप हुने स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिने यातायात व्यवस्था विभागले जनाएको छ ।

कालोबजारीमा टिकट बिक्री हुन नदिन टिकट बुकिङ खुल्ने दिनबाट नै कडा अनुगमन गरिने विभागले जनाएको छ।