सोमवार, जेष्ठ ७, २०८१

इजरायलमा रहेका नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग माग

काठमाडौं असोज २१,
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इजरायलमाथि हमास समूहले गरेको आक्रमणप्रति चिन्ता व्यक्त गर्दै त्यहाँ रहेका नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन् ।

शनिबार राति इजरायलमा हमास समूहले गरेको भीषण आक्रमणमा दुई नेपाली घाइते छन् भने १२ नेपालीको अवस्था अज्ञात रहेको छ । कांग्रेस सभापति देउवाले आज एक विज्ञप्ति जारी गर्दै इजरायलमा बसोबास गर्ने नेपालीको तथ्यांक संकलन र उनीहरुलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्न सरकारसँग माग गर्नुभएको हो ।

‘सभापति देउवाले जारी विज्ञप्तिमा इजरायलमा विभिन्न कारणले बसोबास गर्दै आएका नेपालीहरूको एकिन तथ्यांक पत्ता लगाई उनीहरूको जीवनरक्षा र उनीहरूलाई तत्काल सुरक्षित स्थानमा पुर्‍याउनका साथै आवश्यक उद्धार गर्ने र यथासम्भव स्वदेश फर्काउनका लागि नेपाल सरकारले अविलम्ब कूटनीतिक पहल गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ भनिएको छ ।

साथै इजरायलमा कार्यरत नेपालीहरुलाई स्वदेश फर्कने वातावरण निर्माण गरिदिन मित्रराष्ट्रहरु, अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्था, आप्रवाससम्बन्धी संगठन, अन्तर्राष्ट्रिय रेडक्रस समितिलगायत सम्बद्ध सबै अन्तर्राष्ट्रिय समुदायहरुसँग नेपाली कांग्रेसका तर्फबाट हार्दिक आग्रह समेत गर्नुभएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30