सोमवार, जेष्ठ ७, २०८१

नेपाल प्रहरीको चाडपर्व लक्षित विषेश सुरक्षा योजना कार्यान्वयनमा

घर बन्द र खाली भएको तस्वीर सामाजिक सञ्जालमा पोष्ट नगर्न आग्रह

काठमाडौं असोज २१ ,
नेपाल प्रहरीले आसन्न वडादशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आजदेखि विशेष सुरक्षा योजना लागू गरेको छ । विषेश सुरक्षा योजनाअन्तर्गत देशभर कुल ५० हजार पाँच सय ३० जना प्रहरीहरू खटाइएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो ।

प्रहरीले यसपटक विगतका वर्षमा भएको सुरक्षा कमीकमजोरीलाइ दृष्टिगत गर्दै थप प्रभावकारिता सहितको केन्द्रीय सुरक्षा योजनासहित सबै प्रहरी युनिटले सुरक्षा योजना कार्यान्वयनको सर्कुलर जारी गरेको जानकारी दिनुभयो ।

साथै चाडपर्वमा आपराधिक क्रियाकलाप बढी हुने भएकाले दशैं तिहारको समयमा नेपाल प्रहरीका गण तथा गुल्ममा रिजर्भमा रहेको फोर्सलाई समेत परिचालन गरिएको जानकारी सहित प्रवक्ता कडायतले आम सर्वसाधारणलाइ घर बन्द गरेर तस्बिर खिचेर घर खाली भएको जानकारी हुने गरी सामाजिक सञ्जालमा पोष्ट नगर्न र आफ्ना घर, छिमेकमा त्यहाँ गतिविधि भएमा वा हुने सङ्केत देखिएमा तत्काल नजिकको प्रहरी युनिटमा वा निःशुल्क नम्बर १०० मा खबर गर्न आग्रह गरेको छ ।

त्यस्तै दशै तिहार विशेष सुरक्षा योजना लागू भएसँगै सम्भावित जोखिम क्षेत्रको पहिचान गरी चोरी तस्करीलगायत आपराधिक क्रियाकलाप रोक्नका लागि प्रहरी चौबिसै घण्टा खटिइने समेत बताउनुभयो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30