सोमवार, जेष्ठ ७, २०८१

मौसमी उतारचढाव:काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बिहानैदेखि वर्षा

काठमाडौं असोज १५,

मौसम पूर्वानुमान महाशाखाले देशभर आंशिकदेखि सामान्य बदली भई काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बिहानैदेखि वर्षा भइरहेको जनाएकोछ । छ ।  महाशाखाले नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रकोसमेत प्रभावसंगै मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेका कारण मौसमा उतारचढाव देखिएको जनाएको छ ।

त्यस्तै महाखाले  आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित मध्यम वर्षाको संभावना संगै कोशी, मधेस र लुम्बिनी प्रदेशका एकाध स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै मंगलबार र बुधबार पनि सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित वर्षाको संभावना रहेको जनाउँदै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको जनाएकोछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30