सोमवार, जेष्ठ ७, २०८१

आज इन्द्रजात्राको अन्तिम दिन नानिचया जात्रा मनाइदैं

 काठमाडौं असोज १५,
उपत्यकाको ऐतिहासिक इन्द्रजात्राका अन्तिम दिन आज जीवित देवी कुमारीको रथ महिलाहरुले तान्दै नानिचया जात्रा गरिने भएको छ। नानिचया जात्रा अन्र्तगत आज साँझ प्याफल, नरदेवी, किलागल, भेडासिंह, इन्द्रचोक हुँदै पुनः कुमारी घर सम्म श्री कुमारी, गणेश र भैरवसहितको रथयात्रा गरिनेछ ।

रथयात्रा पछि राष्ट्राध्यक्षले कुमारीको हातबाट टीकाग्रहण गर्ने परम्परा रहिआएको र यसक्रममा राष्ट्रपति रामचन्द्रपौडेल श्री कुमारीको हातबाट टीका लगाउन कुमारी घर आउने कार्यक्रम रहेको छ ।

त्यस्तै श्री कुमारीको हातबाट टिका लगाउने राज परम्परा अनुरुप राजा ज्ञानेन्द्र शाह समेत बसन्तपुर दरवारस्थित कुमारी घर आउने कार्यक्रम रहेको बुझिएको छ । त्यसअघि असोज ९ गते हनुमानढोकामा ठड्याइएको इन्द्रध्वजा अर्थात लिंगो आज वेलुका ८:३७ बजेको शुभ साइतमा पतन गरिने भएको छ । इन्द्रध्वजा ढालेसंगै यस वर्षको इन्द्रजात्रा पर्व सम्पन्न हुने भएको छ ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30