सोमवार, जेष्ठ ७, २०८१

जलहरी प्रकरण: कोषका सदस्य सचिव डा. थापा सहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ असोज १४,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरको सुनको जलहरीमा घोटाला गरको दाबीसहित आइतबार तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।    अख्तियारले पशुपति विकास कोषका सञ्चालक परिषद्का तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकाल, तत्कालीन कोषाध्यक्ष र वहालवाला कोषका सदस्य सचिव डा. मिलनकुमार थापा र स्टोरकिपर अरुणकुमार श्रेष्ठविरुद्ध आइतबार मुद्दा दायर गरेको हो ।

अख्तियारले दायर मुद्धामा ढकाल र थापाविरुद्ध एक करोड १७ लाख एक हजार बिगो माग दाबी गरेको छ भने त्यस्तै श्रेष्ठमाथि एक करोड १७ लाख १ हजारको माग दाबी गरेको छ ।

आयोगले आज जारी विज्ञप्तिमा ढकाल र थापाको प्रत्यक्ष भूमिकामा सुन हिनामिना भएको अभियोगपत्रमा उल्लेख छ । उनीहरुले एक किलो ४९१ ग्राम सुन हिनामिना गरेको ठहर सहित बदनियतपूर्ण कार्य सहित सार्बजनिक संस्थाको सम्पत्ति सुनमा बदनियत गरी हिनामिना, हानिनोक्सानी तथा दुरुपयोग गरेको देखिएकोले निजहरुविरुद्ध दायर मुद्धा दायर गरिएको उल्लेख गरिएको छ।

आयोगद्वारा जारी विज्ञप्तिको पूर्णपाठ सहित :

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30