सोमवार, जेष्ठ ७, २०८१

प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

सुन तस्करी प्रकरणमा छानविन आयोग नबनेको भन्दै  एमालेले आजको बैठक अवरुद्ध गर्न सक्ने संकेत

काठमाडौं असोज १४,
प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठक प्रयोजनका लागि संसद सचिवालयले प्रकाशित गरेको संभावित कार्यसूची अनुसार आजको बैठकमा विद्यालय शिक्षा विधेयक २०८० पेस हुने भएको छ । । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले उक्त विधेयक संसदमा पेस गर्ने कार्यसूची रहेको छ ।

त्यसअघि उक्त विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ ।

स्मरण रहोस, विधेयकको विरोधमा देशभरका शिक्षकहरु पठनपाठन ठप्प पारेर राजधानी केन्द्रित आन्दोलनमा उत्रिएका थिए । सरकार र नेपाल शिक्षक महासंघबीच ६ बुँदे सहमति भएपछि आन्दोलन फिर्ता भएको थियो ।

त्यस्तै आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा संगै प्रधामन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पनि पढेर सुनाउने कार्यसूची रहेको छ।

यसैवीच आजको बैठकमा यसअघि भएको सहमति अनुसार सुन तस्करी प्रकरणमा छानविन आयोग नबनेको भन्दै प्रमुख प्रतिपक्षीदल नेकपा एमालेले आजको बैठक अवरुद्ध गर्न सक्ने समेत संभावना रहेको  सम्वद्ध स्रोतले जनाएको छ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30