सोमवार, जेष्ठ ७, २०८१

चिनीको बढ्दो मूल्यवृद्धिका कारण उपभोक्ता मारमा, मूल्य अध्ययनका लागि तीन सदस्यीय समिति गठन

काठमाडौं असोज ९,
नेपालीहरुको महान चाड वडादशैंँ तिहार नगिचिएसंगै बजारमा चिनीको बढ्दो माग र बढ्दो मूल्यवृद्धिका कारण उपभोक्ता मारमा परसंगै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनीको मूल्य अध्ययन गर्न विभागका निर्देशकको नेतृत्वमा तीन सदस्यीय समिति गठन गर्दै चिनीको मूल्य अध्ययन समिति गठन गरेको छ ।

गठित समितिलाइ नेपालमा उत्पादित एवम विदेशबाट आयात गरिएको चिनीको समेत लागत मूल्य, थोक मूल्य, खुद्रा मूल्यको विश्लेषण गरेर कुन तहमा भाउ महँगिएको हो सोको अध्ययन गरि तथ्याङ्क सहितको प्रतिवेदन तयार गर्ने कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ।

यसैवीच गत बिहीबार आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयोजकत्वमा गठित संयुक्त अनुगमन टोलीले अनुगमनका क्रममा काठमाडौं महानगरको वडा न १४ कुलेश्वरस्थित सन्तोष खेतान सञ्चालक रहेको गृहेश्वरी ट्रेड लिङ्कको गोदाममा कृत्रिम भण्डारण गरिएको अवस्थामा वरामद भएके लेबल अस्पष्ट भएको ७० हजार केजी चिनीको गुणस्तर नमुना परीक्षणका लागि पठाइएको विभागले जनाएको छ ।

स्मरण रहोस, वजारमा पछिल्लो समय चिनी प्रतिकेजी १सय ३० रुपैयामा समेत विक्रिी वितराण् हुँदै गरेको पाइएकोछ ।

त्यस्तै चिनीको सहज आपुर्तिका लागि सरकारले ५० प्रतिशत भन्सार छुुटमा २० हजार टन चिनी आयातको अनुमति दिएको छ । आसन्न चाडपर्व लक्षित हुँदै यो वा त्यो नाममा का बजारमा हुन सक्ने चिनीको कृतिम अभावलाइ दृष्टिगत गर्दै मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई चिनी आयात गर्न अनुमति दिएको हो ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031