सोमवार, जेष्ठ ७, २०८१

एमाले बागमती प्रदेशको नयाँ नेतृत्वको लागि ५ जना उम्मेदवार आकंक्षी, प्यालन बनाउँन नपाइने ओलीको उर्दी

बागमती प्रदेशको अधिवेशनअन्तर्गत बन्दसत्र : 

काठमाडौं असोज ९,
आजबाट प्रमुख प्रतिपक्षि दल नेकपा एमालेको बागमती प्रदेशको अधिवेशनअन्तर्गत बन्दसत्र सुरु हुँदैछ ।  कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ८ बजेदेखि शुरु हुने बताइएको बन्दसत्रमार्फत प्रदेश समितिको अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव गरी पाँच पदाधिकारीसहित २ सय ४० सदस्यीय नयाँ कार्य समिति चयन गर्ने एमालेले जनाएको छ ।

सम्वद्ध स्रोतबाट प्राप्त जानकारी अनुसार प्रदेश अध्यक्षमा कैलाश ढुङ्गेल, कृष्ण दाहाल, केशवराज पाण्डे, कृष्णभक्त पोखरेल र सानुकुमार श्रेष्ठले आकांक्षी रहेको बुझिएको छ।  सोमबार भृकुटीमण्डपमा आयोजित अधिवेशनको उद्घाटनसत्रलाइ सम्बोधन गर्दै अध्यक्ष ओलीले अधिवेशनमा प्यानल बनाउन नपाइने उदिए सहित प्यानल बनाउने व्यक्तिको उम्मेदवारी नै खारेज गरिदिने चेतावनी संगै संभव भए सर्वसम्मत नभए व्यक्तिगत चुनाव लड्न निर्देशन दिएका थिए ।

 प्रदेश समितिको नयाँ नेतृतव चयनका लागि प्रदेशभरबाट करिब १२ सय जना प्रतिनिधि सहभागी रहेको थाहा भएको छ ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031