सोमवार, जेष्ठ ७, २०८१

इन्द्रजात्रा:महानगरका भित्री शहरमा वैकल्पिक बाटो प्रयोग गर्न महानगरको आग्रह

काठमाडौं असोज ९,
काठमाडौं महानगरपालिकाले इन्द्रजात्रामा काठमाडौंका विभिन्न ठाउँको सवारी आवागमन प्रभावित हुने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ ।
महानगरले आज एक विज्ञप्ति सार्वजनिक गर्दै राष्ट्रिय इन्द्रजात्रामा पर्व अन्र्तगत आजदेखि हनुमानढोका बसन्तपुर केन्द्रीत सांस्कृतिक, ऐतिहासिक, महत्वको क्रियाकलाप शुरु भएको जनाउ सहित यसवीचमा सवारी आवागमन प्रभावित हुने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको हो ।

 त्यस्तै महानगरले जारी गरेको विज्ञप्तिमा असोज ९ गते मनाइने उपको पर्वका कारण उपको जाने क्षेत्रमा सवारी आवागमन प्रभावित हुने जनाएके छ । त्यस्ते असोज ११ , असोज १२ गते बसन्तपुर, मरू, चिंकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेन स्थान, मरु हुँदै बसन्तपुरसम्म रथयात्रा सञ्चालन हुने भएकाले ती क्षेत्रमा सवारी आवागमन प्रभावित हुने जनाएको छ ।

त्यस्तै असोज ११ गते बिहीबार बसन्तपुर, मरू, चिंकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेन स्थान, मरु हुँदै बसन्तपुरसम्म रथयात्रा सञ्चालन हुने भएकाले ती क्षेत्रमा सवारी आवागमन प्रभावित हुने बताइएको छ भने असोज १२ गते शुक्रबार बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै बसन्तपुरसम्म रथयात्रा हुने भएका कारण ती क्षेत्रमा सवारी आवागमन प्रभावित हुने जनाए संगै वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031