सोमवार, जेष्ठ ७, २०८१

राष्ट्रिय पर्व इन्द्रजात्रा: १०: ३७ बजेको शुभसाइतमा इन्द्रध्वजोत्थान गरिदैं

फाइल फोटो

काठमाडौं असोज ९,
राजधानीमा मनाइने राष्ट्रिय पर्व इन्द्रजात्रा अन्र्तगत आज इन्द्रजात्राको विधिवत शुभारम्भका लागि आज विहान १०:३७ बजेको शुभसाइतमा करिब ३२ हातको इन्द्रध्वजोत्थान गरिने भएको छ।   हनुमानढोका दरवारस्थित कालभैरव मन्दिर परिसरमा इन्द्रध्वजा फराइएसंगै राष्ट्रिय पर्व इन्द्रजात्रा प्रारम्भ हुने गर्दछ ।

त्यस्तै आजै हनुमानढोकामा हाथु भैरव र इन्द्रचोकमा आकाशभैरबको मुर्तिलाइ मन्दिर बाहिर ल्याइ प्रदर्शन गर्ने गरिन्छ । त्यस्तै राजधानीको विभिन्न चोकचोकमा आज विशेष प्रकारले सजाईएको समय बजी द्दोको प्रदर्शनसंगै मजिपातको लाखे नाच ,किलागलको पुलुंकिसी नाच हलचोकको आकाशभैरव नाच किलागलकै देवीनाच भक्तपुरको माहाकाली नाच पनि नचाइने गरिन्छ । साथै आजको दिन टोलटोलमा भजनकिर्तन समेत गर्ने प्रचलन रहिआएको छ ।

 राजधानीमा सात दिनसम्म मनाइने राष्ट्रिय पर्व इन्द्रजात्रा अन्र्तगत श्री कुमारी ,श्री भेरव र श्री गणेशको रथ जात्रा सहितको मुख्य आकर्षण कोने जात्रा अर्थात तल्लो टोलको जात्रा राष्ट्राध्यक्ष, सरकार प्रमुख तथा उच्चपदस्थ अधिकारीको उपस्थितीमा असोज ११  गते र असोज १२ मा माथिल्लो टोलको अर्थात थने जात्रा र असोज १५ मा नानिचा जात्रा मनाइने काठमाडौं गुठी संस्थान कार्यालयले जनाएको छ । साथै असोज १५ गते राती ८:  ३७ बजेको शुभ साइतमा असोज ९ गते उठाइएको इन्द्रध्वजा पतन गरिने भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031