सोमवार, जेष्ठ ७, २०८१

राजधानीमा आज दिवंगत आफन्तको नाममा दिपदान सहित उपाको वनेगु पर्व मनाइदैं

फाइल फोटो

काठमाडौं असोज ९,,
राष्ट्रिय पर्व इन्द्रजात्राको शुभारम्भको पहिलो दिन अर्थात राजधानीको हनुमानढोका दरवार परिसरमा विहानीको शुभ साइतमा इन्द्रध्वजा फहराइएसंगै भगवान बिष्णुले बामन अवतार लिएको दिनको स्मृतिमा आज द्ववादशीका दिन साँझ दिवंगत भएका आफन्तको नाममा दिप दान पर्व मनाइदैछ ।

स्थानस्य भाषामा उपाको पर्व अर्थात उपाको वनेगु भनिने यो पर्वका दिन मृतआत्माको चिरशान्तिको लागि दिवदान सहित नगर परिक्रमा गर्ने प्रचलन रहिआएको छ। नेपाल भाषामा उपाको अर्थात दिपदान गर्ने यो पर्वको अवसरमा मजिपातको लाखे नाच ,किलागलको पुलुंकिसी नाच हलचोकको आकाशभैरव नाच किलागलकै देवीनाच भक्तपुरको माहाकाली नाच पनि नचाइने गरिन्छ ।

 

त्यस्तै आजै हनुमानढोकामा हाथु भैरव र इन्द्रचोकमा आकाशभैरबको मुर्तिलाइ मन्दिर बाहिर ल्याइ प्रदर्शन गर्ने गरिन्छ । त्यस्तै राजधानीको विभिन्न चोकचोकमा आज विशेष प्रकारले सजाईएको समय बजी द्दोको प्रदर्शन समेत राख्दै भजनकिर्तन गर्ने गरिन्छ ।

,

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031