सोमवार, जेष्ठ ७, २०८१

पूर्वराजा ज्ञानेन्द्रलाई भक्तपुरवासीले गरे भव्य स्वागत

काठमाडौ असोज ७,
पूर्वराजा ज्ञानेन्द्र शाहलाइ भक्तपुरका जनताले भव्य स्वागत गरेका छन ।  आज अपरान्ह भक्तपुरका जनताको निमन्त्रणामा त्यहाँस्थित भगवान तलेजु भवानीको दर्शन गर्नु पुग्नु भएका पूर्वराजा शाहलाइ भक्तपुरका अपार जनसमुदायले स्वागत गरेको हो ।

त्यसअवसरमा पूर्वराजा शाहले तलेजु भवानीको दर्शन गर्नुका साथै भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्नुभएको थियो । पूर्वराजा भक्तपुर पुगेलगत्तै स्थानीयवासीहरुले ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ ‘राजसंस्था जिन्दावाद’, ‘राजा आउ देश बचाउ’ ‘जनता आउ राजा ल्याउ’ जस्ता नारा लगाएर पूर्वराजा शाहको स्वागत र सम्मान गरेका थिए ।पूर्वराजा ज्ञानेन्द्रलाई भक्तपुरवासीले गरे भव्य स्वागत