सोमवार, जेष्ठ ७, २०८१

लोकतन्त्रमा आन्दोलनरत सबैका आवाज सुन्नुपर्छ : महामन्त्री थापा

काठमाडौ असोज ७,
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ई : लगायत अभियन्ताको मागका सम्बन्धमा शीघ्र संवाद गर्नुपर्नेमा जोड दिनुभएको छ।

महामन्त्री थापाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमार्फत लोकतन्त्रमा आन्दोलनरत सबैका आवाज सुन्नुपर्छ, शान्तिपूर्ण रूपमा उठाइएका विषयलाई त अझ महत्त्वका साथ सुन्नुपर्छ भन्दै ‘राष्ट्रिय सभागृह बाहिर आज छैटौं दिनसम्म उभिएर ध्यानाकर्षण गरिरहेका अभियन्ता ई स् लगायतका साथीहरूका बारेमा काठमाडौं महानगर प्रमुखसँग भेटेरै कुरा गर्न कोसिस गरिरहेको छु,’ थापाले स्टाटसमा लेखेका छन्, ‘ ।’

ई: लगायतले उठाएका फुटपाथ व्यवसायीको उचित व्यवस्थापन हुनुपर्छ भन्ने मागका विषयमा सहरको अन्य आवागमनलाई असर नपर्ने गरी व्यवस्थापन गर्न सकिने ठाउँहरू रहेको थापाको भनाइ छ । ‘ई; लगायत साथीहरूले उठाएको मूलतः फुटपाथ व्यवसायी [स्ट्रिट भेन्डर] को विस्थापन होइन उचित व्यवस्थापन हुनुपर्छ भन्ने मागका विषयमा सहरको अन्य आवागमनलाई असर नपर्ने गरी व्यवस्थापन गर्न सकिने ठाउँहरू छन्,’ थापाले भनेका छन् ।

यस्तै कांग्रेस महामन्त्री थापाले अभियन्त्राहरुले निर्वाचित सरकारसँग जवाफदेहिताको खोजी गरिरहेको जनाएका छन् । उनले अभियन्ता र महानगरबीच शीघ्र संवादको वातावरण बनोस् भन्ने कामनासमेत गरेका छन् । उनले भनेका छन्, ‘सँगै बसेर कुरा गरेपछि, एक९अर्काको मत, दृष्टिकोण सुनेपछि, बुझेपछि एउटा उपाय निस्कन्छ नै । त्यस कारण मेरो आग्रह छ- निर्वाचित सरकारसँग जवाफदेहिता खोजिरहनुभएका अभियन्ता साथीहरू र महानगर बीच शीघ्र संवादको वातावरण बनोस् ।’