सोमवार, जेष्ठ ७, २०८१

आगामी मंगलवार सम्म बागमतीसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौ असोज ७,

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली संगै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै र बाँकी प्रदेशका एकाध स्थानमा वर्षाको संभावना रहेको जनाएको छ ।

त्यस्तै महाशाखाले भारतको दक्षिण पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रकोसमेत प्रभाव र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित रहेका कारण मौसमा उतारचढाव देखिएको जनाउँदै दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी र बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुने जनाएको हो ।

साथै आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको जनाउँदै सोमबार र मंगलबार पनि कोशी, मधेश र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।