सोमवार, जेष्ठ ७, २०८१

प्रधानमन्त्री दाहाल बेइजिङमा , नेपाल-चीन बिजनेसलाइ सम्बोधन गर्ने

सोमबार चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय भेटवार्ता गर्ने

काठमाडौ असोज ७,

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आज बिहान बेइजिङ पुग्नुभएको छ। शनिबार हाङचौमा राति भएको एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी भएर प्रधानमन्त्री दाहाल आज बिहान बेइजिङ प्रस्थान गर्नुभएको हो ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले शनिवारनै र चीनका महामहिम राष्ट्रपति सि चीनफिङबीच ऐतिहासिक भेटवार्ता गर्नुभएको थियो । चीनको साताब्यापी भ्रमणका लागि शनिवार चीनको हाङ्जाओ आइपुग्नुभएका प्रधानमन्त्री दाहालले राष्ट्रपति सिसँग द्विपक्षीय हितका विविध विषयमा खुल्ला र स्पष्टरुपमा छलफल गर्नुभएको हो ।

गत भाद्र ३० गते संयुक्त राष्ट्र संघको ७८औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क जानु भएका प्रधानमन्त्री प्रचण्ड महासभामा सहभागी भएपछि दाहाल त्यतैबाट असोज ६ गते अर्थात शनिवार चीन पुग्नु भएको थियो ।

 प्रधानमन्त्री प्रचण्डलाइ बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएसंगै चिनियाँ मन्त्रीले विमानस्थलमा स्वागत गरेका छन् । प्रधानमन्त्री दाहाल बेइजिङमा आजै अपराह्न ४ बजे हुने नेपाल-चीन बिजनेस समिटमा सहभागी हुँदै कार्यक्रमलाई सम्बोधन गर्ने छन् । चीनस्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल उद्योग वाणिज्य महासंघ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सीसीपीआईटीले सो सम्मेलनको आयोजना गरेको हो।

त्यसपछि आजै साँझ पौने ६ बजे चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्री र चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको छ छने सोमबार प्रधानमन्त्री दाहालले चिनियाँ प्रधानमन्त्री लि छियाङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । भोलि नै नेपाल चीनका विविध सहयोग सम्झौतामा पनि हस्ताक्षर हुने कार्यक्रम रहेको छ । त्यस्तै प्रधानमन्त्री दाहालले चीनको नेसनल पिपुल्स कांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लेजीसँग भेटवार्ता गर्नेछन्।

 साथै उक्त द्विपक्षीय भेटवार्ता र दुई देशबीचको सहयोग सम्झौतामा हस्ताक्षर पछि प्रधानमन्त्रीले चीनको छोङछिङ्ग महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकासको अवलोकनसंगै चीनले अपनाएको आधुनिक खेती प्रणालीबारेमा जानकारी लिने कार्यक्रमसेत रहेको छ।  त्यसलगत्तै चीनको तिब्बत भ्रमण त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्दै उहाँ प्रतिनिधिमण्डलसहित असोज १३ गते नेपाल फर्कने कार्यक्रम रहेको थाहाभएके छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031