सोमवार, जेष्ठ ७, २०८१

स्व. प्रयागराज सिंह सुवाल स्मृति फुटसल प्रतियोगिताको शिर्ष उपाधी महानगर वडा न, १४ लाइ

काठमाडौ असोज ३ ,
‘ तत्कालीन काठमाडौँ नगरपालिकाको पहिलो निर्वाचनमार्फत उपसभापति पदमा निर्वाचित स्व. प्रयागराज सिंह सुवालको स्मृतिमा आयोजित प्रयागराज सिंह सुवाल स्मृति फुटसल प्रतियोगिता’ को मंगलवार सम्पन्न फाइनल खेलमा वडा नंं १३ को टीमलाई १ गोलको अन्तरले पराजित गर्दै वडा नं.१४ ले शिर्ष उपाधी  जितेको  हो ।   लैनचौर फुटसल ग्राउण्डमा भएको खेलमा वडा नं.१४ को टीमले ३ गोल र वडा नं. १३ को टीमले २ गोल गरेको थियो ।

प्रतियोगिताको विजेतालाई काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह ले र उपविजेता टीमलाई उपप्रमुख सुनिता डंगोलले ट्रफी, सम्मान पत्र र पदक प्रदान गर्नुभयो । विजेता टीमलाई २ लाख रुपैयाँ र उपविजेता टीमलाई १ लाख रुपैयाँ राशीको पुरस्कार दिइएको थियो ।

प्रतियोगितामा सर्वश्रेष्ठ खेलाडीका रुपमा आशिष कपाली घोषित हुनुभयो । कपालीसहित उत्कृष्ट गोल रक्षक विपिन थापा मगर, सर्वाधिक गोलकर्ता मनिष रानाभाट, म्यान अफ द म्याच एरोन खड्कालाई जनही १० हजार रुपैयाँ र पदकसहित पुरस्कृत गरिएको थियो । प्रतियोगितामा महानगरका ३२ वडामध्ये ३० वटा वडा र महानगर केन्द्रको टीमले प्रतिस्पर्धा गरेका थिए । यसमा खुला उमेर समूहका करिब ३ सय २० खेलाडीविच प्रतिस्पर्धा भएको थियो । गत भाद्र २६ गतेदेखि नकआउटका आधारमा हरेक दिन विहान ८ बजेदेखि १२ बजेसम्म खेल खेलाइएको थियो

खेलको समापन सत्रमा उपप्रमुख सुनिता डंगोल , वडा २३ का अध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जन , वडा २६ का अध्यक्ष एवं सुशासन समितिका संयोजक ख्यामराज तिवारी लगायतले खेल क्षेत्रको आयामका विषयमा वोल्नु भभएको थियो ।