सोमवार, जेष्ठ ७, २०८१

काठमाडौं महानगरमा अघिल्लो वर्षभन्दा २४ करोड रुपियाँ बढि राजस्व सङ्कलन

काठमाडौं असोज ३,
काठमाडौँ महानगरले चालु आर्थिक वर्षको दुई महिना अर्थात साउन–भाद्रमा विभिन्न शीर्षकमा अघिल्लो वर्षको तुलनामा २४ करोड रुपियाँ बढि राजस्व सङ्कलन भएको जनाएको छ ।

अघिल्लो वर्ष यसअवधिमा ९३ करोड ४१ लाख ३८ हजार रुपियाँ राजस्व सङ्कलन गरेको महानगरले यसवर्षका चालु दुई महिनामा एक अर्ब १७ करोड १३ लाख ७५ हजार रुपियाँ राजस्व सङ्कलन गरेको हो ।

घर बहाल कर, सम्पत्ति कर, व्यवसाय दर्ता जस्ता विभिभ शिर्षकमा महानगरले राजस्व सङ्कलन भएको जनाउ सहित भाद्र महिनामा मात्र सम्पत्ति करबापत २५ करोड ३१ लाख २५ हजार रुपियाँ सङ्कलन गरेको छभने भूमि कररमालपोत करबापत ३९ लाख ७४ हजार, घर बहाल करबापत ५२ करोड ३५ लाख १६ हजार रुपियाँ राजस्व सङ्कलन भएको जनाएको छ ।

त्यस्तै आन्तरिक अनुदान १६ लाख ५४ हजार रुपियाँ, पर्यटन शुल्कबापत एक करोड ५५ लाख ५९ हजार रुपियाँ, अन्य प्रशासनिक सेवा शुल्क १६ लाख १० हजार रुपियाँ, पार्किङ शुल्कबापत ४७ लाख २३ हजार रुपियाँ, नक्सा पास दस्तुरबापत १४ करोड ३६ लाख छ हजार रुपियाँ राजस्व सङ्कलन भएको जनाउँदै महानचगरले प्रशासनिक सेवा शुल्कबापत १६ लाख १० हजार रुपियाँ, सिफारिस दस्तुर एक करोड ३२ लाख ९६ हजार रुपियाँ सङ्कलन जानकारी दिएको छ।

यस्तै व्यक्तिगत घटना दर्ता दस्तुरबाट एक लाख ९६ हजार रुपियाँ, नाता प्रमाणीकरण शुल्कबाट १० लाख १७ हजार रुपियाँ, व्यवसाय रजिस्ट्रेसन दस्तुर १३ करोड ७७ लाख ५९ हजार रुपियाँ र प्रशासनिक दण्ड जरिबाना तथा जफतबाट ३८ लाख ८५ हजार रुपियाँ राजस्व सङ्कलन भएको महानगरले जनाएको छ ।