सोमवार, जेष्ठ ७, २०८१

राष्ट्रिय पर्व इन्द्रजात्रा: असोज ९ गते १०:३७ बजेको शुभ साइतमा इन्द्रध्वजोत्थान गरिने

काठमाडौं भाद्र ३१,
राजधानीमा मनाइने राष्ट्रिय पर्व इन्द्रजात्रा अन्र्तगत इन्द्रध्वजोत्थान शुभ साइत सार्वजनिक भएको छ । सार्वजनिक शुभ साइत अनुसार हनुमानढोका दरवारस्थित कालभैरव मन्दिर परिसरमा असोज ९ गते मंगलवार विहान १०:३७ बजेको शुभसाइतमा करिब ३२ हातको इन्द्रध्वजोत्थान गर्ने शुभ साइत रहेको छ । इन्द्रध्वजा फराइएसंगै राष्ट्रिय पर्व इन्द्रजात्रा प्रारम्भ हुने गर्दछ ।

राजधानीमा सात दिनसम्म मनाइने राष्ट्रिय पर्व इन्द्रजात्रा अन्र्तगत श्री कुमारी ,श्री भेरव र श्री गणेशको रथ जात्रा सहितको मुख्य आकर्षण कोने जात्रा अर्थात तल्लो टोलको जात्रा राष्ट्राध्यक्ष, सरकार प्रमुख तथा उच्चपदस्थ अधिकारीको उपस्थितीमा असोज ११ मनाइने भएको छ।

त्यस्तै असोज १२ मा माथिल्लो टोलको अर्थात थने जात्रा र असोज १५ मा नानिचा जात्रा मनाइने काठमाडौं गुठी संस्थान कार्यालयले जनाएको
छ । साथै असोज १५ गते राती ८ ३७ बजेको शुभ साइतमा असोज ९ गते उठाइएको इन्द्रध्वजा पतन गरिने भएको छ ।

यसैवीच आज विहान ३२ हाते इन्द्रध्वजा छनौटको लागि विहान ११:५० शुभ साइतमा सम्वद्ध गुठीयार टोली वन यात्रामा गएका छन भने आजै राती ९:३४ बजेको शुभ साइतमा छनौट टोलीले पूजाअर्चना सहित वृक्ष कर्तन गर्ने र असोज ६ गते विहान १०:३९को बजेको शुभ साइतमा नगर प्रवेश गराउँने शुभ साइत रहेको संस्थानले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031