काठमाडों भाद्र ३१,
हेटौंडाको सन्चो अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट गर्नेलाई कारबाही प्रक्रिया अगाडि बढाउने विषयमा सरकारी वार्ता टोली र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति भएको छ ।
स्वास्थ्य मन्त्रालयमा आज भएको वार्तामा भाद्र २७ गते हेटौंडाको सन्चो अस्पतालका डा। विकास थापा र डा। प्रशान्त बिडारीमाथि अस्पतालमा भएके कुटपिटको विरोधमा देशभरका चिकित्सकले आज आकस्मिकबाहेकका सेवा ठप्प पारेका थिए ।
आन्दोलनरत चिकित्सक र सरकारी वार्ता टोलीबीच हेटौंडामा डाक्टरमाथि आक्रमणमा संलग्नलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन अनुसार कारबाही गर्ने सहमति भएसंगै चिकित्सक संघले अस्पताल बन्द लगायतका आन्दोलनका कार्यक्रम फिर्ता लिएको छभने कुटपिट गर्ने थप पाँच जनालाई प्रहरीले पक्राउ पूर्जी जारी गरिसकेको र उनीहरुलाई पक्राउ गरी कार्वाही प्रक्रिया अघि बढाउने सहमति हो ।