सोमवार, जेष्ठ ७, २०८१

बढ्यो सुरक्षाको चुनौती: राजधानीको तीनकुनेस्थित काठ उद्योगमा ४ जनाको विभत्स हत्या

काठमाडौं भाद्र ३०,
राजधानीको तीनकुनेस्थित काठ उद्योगमा शुक्रबार राति धारिलो हतियार प्रहारबाट ४ जनाको हत्या भएको छ । प्रहरीले तीनकुनेकोस्थित दिव्य :  मिलमा एकै घरका ३ जनासहित ४ को हत्या गरिएको अवस्थामा गए राति भेटिएको जनाउँदै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

 काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीले घटना बारेमा जानकारी दिँदै २ जना महिला र २ पुरुष गरि ४ वटा शव बरामद भएको घटना भएको जानकारी पाएलगत्तै प्रहरीको अनुसन्धान टोली घटनास्थलमा पुगेको बताउनुभयो ।

त्यस्तै घटनामा संलग्न रहेकोआशंकामा तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिइए जानकारी दिदै वरामद ४ वटै शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको बताउनुभयो ।

साथै राजधानीको मुख्य स्थानमा भएको प्रस्तुत घटना के कारणले, कोबाट भयो भन्ने अनुसन्धानपछिमात्र थाहा हुने बताउँदै अनुसन्धान जारी रहेको बताए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031