सोमवार, जेष्ठ ७, २०८१

संयुक्त राष्ट्र सङ्घको ७८ औँ महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज अमेरिका जाँदै

काठमाडौं भाद्र ३०,
संयुक्त राष्ट्र सङ्घको ७८ औँ महासभामा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल आज अमेरिका जाँदै छन् ।  महासभामा नेपालका तर्फबाट चार वर्षपछि सरकार प्रमुखका रूपमा प्रधानमन्त्री पुष्पकमल दाहालले भौतिक रूपमै उपस्थित हुँदै असोज ४ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्बोधनको क्रममा प्रम प्रचण्डले पछिल्लो समय नेपालले हासिल गरेका राजनीतिक उपलब्धिबारे जानकारी दिनुहुने  प्रम सचिवालयले जनाएको छ ।

विभिन्न देशका राष्ट्रप्रमुख र सरकार प्रमुख सहभागी हुने महासभामा सहभागी हेनेक्रममा प्रम प्रचण्डले विभिन्न देशका सरकार प्रमसखसंग वार्ता र दुई पक्षीय हितका विषयमा समेत छलफल गर्ने तयारी गरेको जनाउँदै सचिवालयले जनाएके छ।

महासभालाई सम्बोधन गरेलगत्तै प्रधानमन्त्री दाहाल १९ औँ एसियाली खेलकुदको उद्घाटनमा सहभागी हुन न्युयोर्कबाटै चीन जानेछन् । चीनमा हाङजाओमै चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको प्रम सचिवालयले जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031