सोमवार, जेष्ठ ७, २०८१

स्वास्थ्य मन्त्री बस्नेत र महानगर प्रमुख साहको अभिव्यक्तिप्रति आयोगको गम्भीर ध्यानाकर्षण

काठमाडौं भाद्र २९,
राष्ट्रिय मानव अधिकार आयोगले केही दिनयता देशका विभिन्न भागमा घटेका आपराधिक घटना, कतिपय जिम्मेवार पदाधिकारीबाट नै व्यक्त धारणा र आरोप प्रत्यारोप प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले नेपाली काङ्ग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौँमा सांघातिक आक्रमण भएको, जसपाका जिल्ला अध्यक्ष राजकुमार यादवमाथि प्रहरीबाट मोरङमा भएको दुव्र्यवहार र चिकित्सकहरुमाथि कुटपीट भएको भन्दै हेटौँडा अस्पतालका ७८ जना चिकित्सकले राजिनामा दिएको घटनाको छानविन गरी दोषीलाई कानूनी दायरमा ल्याउन आग्रह गरेको छ ।

त्यस्ते आयोगले काठमाडौँका महानगरका प्रमसख बालेन्द्र साहले सामाजिक सञ्जालमार्फत सिंहदरबारमा आगो लगाइदिन्छु भनी लेखेको अभिव्यक्ति संगै स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले कर्मचारीलाई आत्महत्या गर्ने भए डोरी किनिदिन्छु भन्दै दिएको अभिव्यक्ति र ताप्लेजुङमा कोशी प्रदेशसभा सदस्य खगेन सिं हाङ्गामले सुरक्षा निकायका प्रमुखलाई सार्वजनिक स्थलबाटै धम्की दिएको भनी आमसञ्चारमाध्यममा प्रचारप्रसार हुनुका साथै सामाजिक सञ्जालमा समेत प्रयोगकर्ताहरुबाट एक अर्काप्रति असहिष्णु र घृणात्मक अभिव्यक्ति दिइएको पाइएको जनाएको छ।

त्यस्ते आयोगले आपराधिक र अराजक गतिविधिले नेपालको संविधान र मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानूनहरूले अभिव्यक्ति तथा विचारको स्वतन्त्रताको प्रत्याभूति गरेको भए तापनि अरूको मर्यादामा आँच आउने र शान्तिसुरक्षामा आँच पुग्न सक्ने विषयलाई विशुद्ध विचार र अभिव्यक्ति स्वतन्त्रताको मात्र विषय मान्न नसकिँने जनाएको छ।

 साथै  आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारमा पर्नसक्ने असरप्रति जिम्मेवार व्यक्तिले सधैँ ध्यान पुर्याउनु आवश्यक हुन्छ भन्दै नेपालको संविधान, कानून र अन्तर्राष्ट्रिय मानव अधिकार कानून विपरीत हिंसात्मक गतिविधि नगर्न, घृणाजन्य अभिव्यक्ति नदिन तथा सामाजिक सञ्जालको प्रयोग गर्दा शिष्ट र मर्यादित भएर एकअर्काप्रति मानव अधिकारमैत्री भाषा र व्यवहार प्रयोग गर्न आयोग सम्बद्ध सबैलाई विशेष आग्रह गर्दै कानूनको शासन र मानव अधिकारको प्रत्याभूतिका लागि यसप्रकारका आपराधिक तथा अराजक गतिविधि र घटनामा संलग्न आरोपितलाई कानूनबमोजिम कारवाही गर्न तथा शान्ति सुरक्षाको प्रत्याभूति गराउँन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031