सोमवार, जेष्ठ ७, २०८१

प्रतिनिधिसभा बैठक : प्रम प्रचण्डद्वारा आसन्न अमेरिका र चीन भ्रमणबारे संसदलाइ जानकारी

काठमाडौं भाद्र २९,
आज बसेको प्रतिनिधिसभा बैठकलाइ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो आसन्न अमेरिका र चीन भ्रमणबारे जानकारी गराउनुहुँदै संयुक्त राष्ट्रसंघको महासभालाई गर्ने सम्बोधन र चीन भ्रमणबीचको तालिका अत्यन्तै छोटो समय रहेका कारण म न्युयोर्कबाट सिधै चीन जान लागेको जनाउ दिनुभयो ।

साथै उहाँले प्रस्तुत भ्रमणले नेपाल र नेपाली जनताको हित एवम् नेपाल चीन सम्बन्धलाई थप मजबुत तुल्याउन सदुपयोग गर्ने मेरो प्रयास रहने कुरा म सम्मानित सदनलाई अवगत गराउन चाहन्छु भन्दै छिमेकी मित्र राष्ट्र चीनका प्रधानमन्त्री महामहिम श्री लि छियाङ्को मैत्रीपूर्ण निमन्त्रणामा तेस्रो पटकको चीन भ्रमणले नेपाल–चीनबिचको द्विपक्षीय सम्बन्ध थप प्रगाढ बन्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

साथै उहाँले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना हुन गइरहेको महासभामा सरकार प्रमुखको हैसियतमा सहभागी भई नेपालको विषयबारे विश्व समुदायमाझ मुखरित गर्न पाउनुलाई मैले एउटा महत्त्वपूर्ण अवसरको रूपमा लिएको बताउनुभयो ।

त्यस्तै, हाङ्गजाउमा नै चिनियाँ राष्ट्रपति महामहिम सी चीनफिङ सँगको भेटघाट संगै सोही दिन म १९ औं एसियन गेमको समुद्घाटन समारोहमा सहभागी हुने बताउनुभयो । साथै असोज ८ गते बेइजिङमा चिनियाँ समकक्षीसंगको भेटवार्तासंगै तिब्बत भ्रमणमा त्यहाँ शीर्ष नेतासँग शिष्टाचार भेटवार्ता लगायत यसवीचमा द्विपक्षीय व्यापार नाका र परम्परागत सीमा नाकाहरू खोल्ने विषयमा छलफल हुने बताउनुभयो ।

यस्तो छ प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभा बैठकमा राख्नुभएको धारणाको पूर्णपाठ:

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031