सोमवार, जेष्ठ ७, २०८१

प्रतिनिधिसभा बैठक सुरु [प्रत्यक्ष प्रसारण सहित]

काठमाडौं भाद्र २९,
प्रतिनिधिसभा बैठक सुरु भएको छ । शुक्रबार दिउँसो १ बजेबाट नयाँबानेश्वरस्थित संसद भवनमा बैठक सुरु भएको हो

 आजको बैठकमा सभामुखले देवराज घिमिरेले नेपालको संविधानको धारा ८९ को खण्ड च बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेको व्यहोरा प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१५ को १ बमोजिम जानकारी गराउनुहुने कार्यसूची रहेको छ ।

त्यस्तै बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुको अलावा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल एने संशोधन गर्न बनेको विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसुची रहेको छ ।