सोमवार, जेष्ठ ७, २०८१

मन्त्रिपरिषद् बैठक : राष्ट्रपतिबाट प्रदान गर्ने विभूषण वितरण कार्य स्थगित 

काठमाडौं भाद्र २९,

  • राष्ट्रपतिबाट प्रदान गर्ने विभूषण वितरण कार्य स्थगित
  • नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृत
  •  प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण स्वीकृत
  • विभूषणसम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गर्ने निर्णय
  • साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई ५० प्रतिशत भन्सार महसुल छुट गरी १०–१० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति
  • कर प्रणालीको सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय

आज बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको अवसरमा सरकारले राष्ट्रपतिबाट प्रदान गर्ने विभूषण वितरण कार्य स्थगित गर्ने निर्णय गरेको छ।  त्यस्तै बैठकले विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानको रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै सञ्चार मन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले आजको बैठकले नेपाल नागरिकता [तेस्रो संशोधन] नियमावली, २०८० , प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण स्वीकृत गर्ने र साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुल छुट गरी १०–१० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिने निर्णय भएको बताउनुभयो ।

साथै कर प्रणालीको सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा समिति गठन गर्ने र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पीडितको न्यायिक समस्या स्थायी रुपमा समाधानका लगि अधिकारसम्पन्न न्यायिक आयोग गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।