सोमवार, जेष्ठ ७, २०८१

साल्ट ट्रेडिङ्गले निर्वाह गर्दै आएको भूमिका महत्वपूर्ण : मन्त्री रिजाल

काठमाडौं भाद्र २७,
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले साल्ट ट्रेडिङ्गको ६१ औं वार्षिकउत्सव कार्यक्रमलाइ सम्बोधन गर्दै जनतालाई सुपथ मूल्यमा दैनिक उपभोग्य सामान उपलब्ध गराउँने सरकारको निर्दिष्ट लक्ष्यलाइ अनुरुप साल्ट ट्रेडिङ्गले काम गर्दै आएको बताउनुभयो ।

त्यस्तै मन्त्री रिजालले कर्पोरेशनले प्राकृतिक विपद्का अवस्थामा समेत उपभोक्ताको घरदैलोमा सुपथ मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउँदै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताउनुभयो ।

साल्ट ट्रेडिङ्ग कर्पोरेशन संचालक समितिका अध्यक्ष प्रदिप लाल श्रेष्ठको सभापतित्वमा उक्त कार्यक्रममा कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पोरेशनले आम जनता तथा समस्त उपभोक्ताको लागि दैनिक उपभोग्य वस्तु उपलब्ध गराउदै गराउने लक्ष्य लिई आफनो सेवा सेवा प्रारम्भ गरेको ६० बर्ष पुरा गरेको बताउनुहुँदै उपभोक्ताको सेवामा सदैव सकृय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै संचालक समिति अध्यक्ष प्रदिपलाल श्रेष्ठले साल्ट ट्रेडिङले नेपाल सरकारको नीति निर्देशनलाई पूर्ण रुपमा पालना गरी बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन हर संभव प्रयास सहित आपूर्ति व्यवस्थालाई सहज बनाउँदै आएको बताउनुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपुर्ति सचिव मुकुन्द निरौला ,कृषि मन्त्रालयका ा सचिव डा।गोविन्द शर्मा ,साल्ट ट्रेडिङ् कर्पोरेशन कर्मचारी संगठनका अध्यक्ष मेघराज ज्ञवाली लगायतले वोल्न आफ्नो धारण अभिव्यक्त गर्नुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031