सोमवार, जेष्ठ ७, २०८१

सिंहदरबार घेरेर आफ्नो मान्यता स्थापित गर्ने राप्रपाको चेतावनी

काठमाडौं भाद्र २७, 
राष्ट्रिय प्रजातन्त्र पार्टीले आज राजधानीमा राजसंस्थाको पुनर्स्थापनालगायत विभिन्न माग राखी उपत्यका केन्द्रीत विरोधसभा गरेको छ ।

राप्रपाले मुलकमा पछिल्लो समय यो वात्यो नाममा बढ्दो बेथेति नियन्त्रणका लागि सरकारलाई दबाब दिन र्‍याली सहितको विरोधसभाको आयोजना गरेको हो ।
भृकुटी मण्डपबाट सुरु गरिएको र्‍याली, भद्रकाली, आरएनएसी हुँदै पुन प्रदर्शनी मार्ग आएको हो । प्रदर्शनमा संघीयता खारेज गर, भ्रष्टाचार नियन्त्रण गर, स्वदेशमै रोजगारीको अवस्था सिर्जना गर जस्ता नारा लेखिएका प्ले कार्ड बोकिएका थिए ।

विरोध सभालाइ सम्बोधन गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले  मुलुकमा धार्मिक द्वन्द्व निम्त्याउनका लागि मात्रै धर्म धर्म निरपेक्ष घोषणा गरिएको  जिकिर सहित    एक थोपा रगत पनि नबगाई सिंहदरबार घेरेर आफ्नो मान्यता स्थापित गर्ने चेतावनी दिएका छन्।

त्यस्तै ‘राप्रपाले कहिलेपनि हिंसामा विश्वास गर्दैन् । शान्तिपूर्ण दबाबबाट आफ्नो मान्यताहरु स्थापित  गर्ने मार्गमा  राप्रपा अधि बढिसकेको समेत बताए ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031