सोमवार, जेष्ठ ७, २०८१

सिआइबीले सरकारी वकिल कार्यालयमा बुझायो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन

काठमाडौं भाद्र २७, 
नेपाल  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन आज  जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई  बुझाएको छ ।

गत साउन ४ गते सिनामंगलबाट ब्रेक शुमा लुकाएर ल्याएको अवैध सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । सुरुमा १८ दिन आफैँले अनुसन्धान गरेको राजस्वले प्रधानमन्त्रीको निर्देशनमा थप छानविनका लागि सीआईबीलाई फाइल हस्तान्तरण गरेको हो ।

प्राप्त जानकारी अनुसार सीआईबीले अनुसन्धानको क्रममा २७ नेपाली र २३ विदेशी नागरिकलाई प्रतिवादी बनाउन अनुसन्धान प्रतिवेदन मार्फत सरकारी वकिलको कार्यालयलाई राय दिएको छ ।

आरोपीसंग तीन अर्ब बिगो माग दाबी गर्न गर्नु पर्ने जिकिर सहित बुझाउन लागेको प्रतिवेदनमा सुनतस्करी प्रकरणमा ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार रहेको जसमध्ये १४ विदेशी र चार नेपाली रहेको जिकिर गरिएको बुझिएको छ।

पक्राउ परेका हारुमा क्रमस त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ८ कर्मचारी, ४ भन्सार एजेन्ट, कार्गो एजेन्ट ४,ट्याक्सी चालक,भाषा अनुवादक १, सुन व्यवस्थापनका लागि कम्पनी खोल्ने र माल बस्तु व्यवस्थापन गर्ने २र२ जना, सुनको कारोबारमा संलग्न ११ जना सहित, २३ जना नेपाली र ९ विदेशी नागरिक रहेको जनाएको छ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031