सोमवार, जेष्ठ ७, २०८१

सीआईबीले ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन आज  बुझाउँदै

 

काठमाडौं भाद्र २७, 
नेपाल  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन आज  जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई  बुझाउने भएको छ ।

सीआईबीले संगठित अपराधमा अनुसन्धान गरिरहेको  ६० दिनभित्र मुद्दा बुझाउनुपर्ने समयसीमाका कारण  आज  जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई रायसहितको प्रतिवेदन बुझाउन लागेको हो ।

प्रस्तुत प्रकरणमा  प्रहरीले  पक्राउ परेका ३० र केहीलाई फरार सूचीमा राखेर आज  प्रतिवेदन बुझाएपनि    थप अनुसन्धान पनि जारी राख्ने  तयारी गरको  थाहा भएको  छ ।

६ जना चिनियाँ र तीनजना चिनियाँ मूलका नागरिकसहित नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुललाई पनि विपक्षी बनाएर अभियोजन लैजाने तयारी रहेको   सीआईबी स्रोतले जनाएको  छ ।

 

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031