सोमवार, जेष्ठ ७, २०८१

संविधानसभा अध्यक्ष नेम्वाङको बिहीबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

काठमाडौं भाद्र २६,
संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवाचन्द्र नेम्वाङको बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ अन्त्येष्टि हुने भएको छ ।  नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले जारी गर्नुभएको विज्ञप्तिमा नेम्वाङको अन्त्येष्टि पशुपति आर्यघाटमा बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ गरिने उल्लेख गरिएको छ।

 त्यस्तै विप्तिमा गएराति निधन भएका नेम्वाङको पार्थिव शरीरमा एमालेको पार्टी मुख्यालय च्यासलमा बुधवार १ जबेसम्म राखिने त्यसपछि आफन्तजन, इष्टमित्र र परिवारका सदस्यहरूबाट अन्तिम श्रद्धाञ्जली अर्पणसंगै धार्मिक संस्कारका लागि उहाँको पार्थिव शरीर बालुवाटारस्थित निवासमा राखिने उल्लेख गरिएको छ।

 मंगलवार एमालेको पार्टी मुख्यालय अन्तिम श्रद्धाञ्जली दिने क्रममा पार्टी अध्यक्ष केपी ओलीले पार्टीको झन्डा ओढाएर पुष्पगुच्छा अर्पण गर्दै नेम्वाङले कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको सम्मान गर्नुभएको थियो ।

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी र नेपाल सरकारका मन्त्रीहरू, सांसदहरू, विभिन्न राजनीतिक दलका नेताहरू, प्रधानसेनापतिलगायत विभिन्न सुरक्षा निकायका प्रमुख र पदाधिकारीहरू, विभिन्न कूटनीतिक नियोगका प्रमुखहरू तथा उच्चपदस्थ अधिकारीहरूसहित ठूलो संख्यामा पार्टी नेता, कार्यकर्ता र सर्वसाधारणले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

नेम्वाङको निधनपछि नेपाली कांग्रेसले जारी तीन दिने बीपी साहित्य महोत्सव स्थगित गरेको छ भने समाजवादी मोर्चाले पनि आफ्ना निर्धारित सबै कार्यक्रम स्थगित गरेका छन । साथै संविधानसभा अध्यक्ष नेम्वाङको बिहीबार राजकीय सम्मानका साथ अन्त्येष्टिका दिन सरकारले सार्वजनिक विदाको समेत घोषणा गरेको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031